भेनेजुयेलाका विषयमा अध्यक्ष दाहालको धारणा सम्बन्धमा संसद्लाई जानकारी दिन माग

काठमाडौँ, २५ माघ : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसद डिला सङ्ग्रौला र भीमसेनदाश प्रधानले नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयेलाका सन्र्दभमा व्यक्त गर्नुभएको धारणाको सम्बन्धमा संसद्लाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधसभाको विशेष समयमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले विश्वमा गोरखा सैनिकले पु¥याएको योगदान स्मरणीय रहेको बताउनुभयो । सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बताउँदै बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको बताउनुभयो ।

त्यसैगरी, हृदयेश त्रिपाठीले ऊखु किसानलाई दिन बाँकी रहेको पुरानो बक्यौता भुक्तानी ,सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लाको फिकलमा जीप दुर्घटना भई मृत्यु हुनेलाई क्षतिपूर्ति र घाइतेको उपचारमा सहयोग र पार्वती विसुन्खेले–जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
मन्त्री अर्याल–जवाफ
यसैगरी आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले तीनै तहको सरकारसँग समन्वयगरी सरकार अघि बढिरहेको जानकारी दिनुभयो ।

उहाँले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या समाधान गर्न सरकारले लगत सङ्कलन गरिरहेको बताउनुभयो ।

बैठकमा सांसद खगराज अधिकारी, गगनकुमार थापा, शान्ता चौधरी, महेशराज गहतराज, सञ्जयकुमार गौतम र भरतकुमार शाहले भूमिहीन, सुकुम्वासी समस्या समाधान गर्न सरकारको योजना के छ भनी पुरक प्रश्न गर्नुभएको थियो ।

सांसदहरुले संसद्मा राख्नुभएको पुरक प्रश्नको जवाफमा मन्त्री अर्यालले संविधानले निर्दिष्ट गरेको बाटोमा सरकार नअलमलिएको जिकिर गर्नुभयो ।

कर्मचारी समायोजन विधेयक प्रस्तुत 

बैठकमा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री अधिकारीले समायोजन हुँदा सङ्घमा बढी कर्मचारी हुने र तल कम हुने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो । ‘कर्मचारी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नु भएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सभामुख कृष्णबहादुर महराले बैठक आजै १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal