न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्न प्रतिबद्ध छु : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा शुक्रबार नेपाल कानून समाजद्वारा ललितपुरमा आयोजित तत्कालीन रणनीति कार्यान्वयनका लागि कार्ययोजना विषयक छलफल कार्यक्रममा सहभागी हुँदै । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, २५ माघ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने कार्यमा आफू प्रतिबद्ध रहेकोे बताउनुभएको छ ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले आज संयुक्त रुपमा आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिका जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताउनुभएको हो । प्रधानन्यायाधीश राणाले संविधान कार्यान्वयनमा ठोस योगदान दिने र न्याय सम्पादनलाई छिटोछरितो र पारदर्र्शी बनाउन प्रभावकारी तरिकाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले संवैधानिक इजलासमा संविधानसँग बाँझिएका विवादहरु सुनुवाइ हुने भएकाले संविधानले व्यवस्था गरेअनुरुप आफूले क्रियाशील तरिकाले अगाडि बढाइरहेको जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले आम नागरिक र न्यायपालिका बाहिरको क्षेत्रले संविधानको कार्यान्वयन, सुशासनको प्रवद्र्धन र न्यायपूर्ण समाज निर्माणमा न्यायपालिकाबाट ठोस योगदानको अपेक्षाअनुरुप आफूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संविधान जारी भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास सञ्चालनमा आएको तीन वर्ष भएको छ । अहिले संवैधानिक इजलासमा करीब २०० मुद्दा छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal