असार १ देखि आइतबारको सार्वजनिक विदा खारेज

काठमाडौं, २३ जेठ : सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । तर सेवा प्रवाहमा समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।

हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको थियो । रिट निवेदनमाथि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.