देशभर ९७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं, १७ जेठ : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन् । ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन् ।

आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ । आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.