कार्कीद्वारा सम्पादित अंग्रेजी भाषाको पुस्तक ‘माई ग्रेटर नेपाल’ लोर्कापण

टेकनाथ न्यौपाने । काठमाडौँ, २६ वैशाख : वरिष्ठ पत्रकार तथा लेखक राजन काकीद्वारा सम्पादित अंग्रेजी भाषाको पुस्तक My GREATER NEPAL ‘माई ग्रेटर नेपाल’ राजधानीमा सार्वजनिक भएको छ ।

पुस्तकका दशजना लेखकहरु राजन कार्की, डा. बुद्धिनारायण श्रेष्ठ, डा. शास्त्रदत्त पन्त, दीर्घराज प्रसाई, नरेन्द्रप्रसाद उपाध्याय, रत्नसंसार श्रेष्ठ, भरत दाहाल, साध्यबहादुर भण्डारी, प्रेमसागर पौडेल र वसन्त खडका तथा समीक्षकहरू इतिहासविद् प्राडा सुरेन्द्र केसी र पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले संयुक्त रुपमा पृथक शैलिमा उक्त पुस्तकको सार्वजनिक गर्नुभयो ।

एघारवटा खोज तथा अनुसन्धानमूलक आलेख संग्रहित राष्ट्रिय भावनाले ओतप्रोत, राष्ट्र र राष्ट्रियप्रति सर्मपित उक्त पुस्तक बिदेशका चर्चित बिभिन्न पुस्तकालयमा पठाइने जानकारी समेत कार्यक्रममा दिइएको थियो ।

पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै इतिहासविद प्राध्यापक डा. सुरेन्द्र केसीले पुर्वजहरुले देशको रचना गर्न पुर्‍याएको योगदानको कदर र सम्मान गर्न नसक्नु नै आजको दुर्भाग्य भएको बताउनुभयो । पुर्खाले दिएको नासोलाई संरक्षण गर्न नसक्ने शासकहरुको दास मानसिकताले गर्दा नै मुलुकको राष्ट्रियता खस्कदैँ गएकोमा केसीले चिन्ता व्यक्त गर्नुभयो ।

अर्का टिप्पणीकार पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले आफ्नो मातृभूमीलाई माया नगर्ने बिदेशीको इशारामा नाच्ने कुुपुत्रहरुका कारण अहिले यो दुर्गती भोग्नु परिरहेको बताउनु भयो । देशको राष्ट्रिय सुरक्षाका लागि चुनौति थपिएकोमा चिन्ता गर्दै बस्न्यातले यसको रक्षा गर्न नेपाल आमाका सच्चा सन्तानहरुलाई आग्रह समेत गर्नुभयो ।

लेखकहरुका तर्फबाट बोल्दै पुस्तकका लेखक तथा सिमाविद् डा. बुद्धिनारायण श्रेष्ठले हामी नेपाली र हाम्रो देश नेपाल कसैको थिचोमिचो सहन सक्दैनौँ र सहनु पनि नपरोस भन्नुभयो । देशमा लगभग ६०६ वर्ग किलोमिटर सिमा मिचिएको जानकारी दिदै सिमाविद् श्रेष्ठले आफ्नो मातृभूमीको सिमा रक्षा गर्न सम्पूर्ण देशभक्त नेपालीहरुलाई आव्हन समेत गर्नुभयो । उहाँले आफ्नो पुस्तक सिमा संग्राममा परापूर्वकालमा नेपालको सिमाना ३,१३, २१० वर्ग किलोमिटर उल्लेख गरेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिदैँ पुस्तकका लेखक वरिष्ठ पत्रकार राजन कार्कीले नेपालमाथी हस्तक्षेप गर्नेलाई सावधान गराउन पुस्तक लेखिएको बताउनु भयो । कार्कीले नेपालमा बिदेशी नागरिक हुलेर देशलाई खोरिया बनाउँदै गएकोमा चिन्ता व्यक्त गर्दै विर नेपालीहरुका सन्तान अझै जिउँदैछन कसैले गिद्दे दृष्टि नलगाउन खबरदारी समेत गर्नुभयो ।

१८४ पृष्ठको रत्न सागर प्रकाशन प्रा. लि.द्वारा प्रकाशित भएको उक्त पुस्तकको सार्बजनिककरण कार्यक्रम पुस्तकका लेखक प्रेमसागर पौडेलको अध्यक्षतामा भएको थियो भने बैकुण्ठ भण्डारीले सञ्चालन गर्नुभएको थियो । पुस्तकको मुल्य रु. ३५० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal