कवि खेमराज घिमिरे पुरस्कृत

विराटनगर, २९ मङ्सिर : आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १८४औँ जन्मजयन्तीको अवसरमा कवि खेमराज घिमिरे पुरस्कृत हुनुभएको छ ।

षडानन्दका बारेमा काव्य लेखेर नेपाली समाजलाई षडानन्दको कीर्ति फैलाउन सहयोग गरेबापत उहाँलाई शुक्रबार पुरस्कृत गरिएको हो । पुरस्कारको राशि रु ११ हजार १११ छ ।

शिक्षासेवी बृद्धिप्रसाद गौतमलाई दिङलामा षडानन्दले स्थापना गर्नुभएको विद्यालयमा लामो समय अध्यापन गराएबापत सम्मान गरिनाका साथै सोमराज अभयले लेख्नुभएका दुई कृति ‘मनका पानाहरु’ र ‘जीवन दर्पण’ एवं साहित्यकार गायत्रीकुमार चापागाईंले लेख्नुभएको ‘अरुणमा बहदाबहदै’ लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.