फिनल्याण्डमा रचना वाचन

काठमाडौँ, २० मङ्सिर : कवयित्री एवम् गीतकार पुष्पा खनालले आफ्ना कविता र गीत सिर्जना फिनल्याण्डस्थित कुपिओ शहरमा साहित्यानुरागीका बीचमा प्रस्तुत गर्नुभएको छ ।

पहिलो पटक स्वदेशबाहिर अङ्ग्रेजी भाषामा अनुवाद गरिएका आफ्ना रचनालाई सो शहरमा बुधबार प्रस्तुत गरिएको कवयित्री खनालले जानकारी दिनुभयो ।

सो कार्यक्रममा दुई दर्जनभन्दा बढी रचना वाचन गरेको उहाँले बताउनुभयो । सर्जक खनालले हालसम्म दुई सयभन्दा बढी गीत तथा कविता रचना गरिसक्नुभएको छ । उहाँका विभिन्न गीत रचना गायक अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइराला लगायतले स्वर भरिसक्नुभएको छ ।

नेपाली कला, संस्कृति र समाज चिन्न र बुझ्न कवयित्री खनालका एकल कविता वाचनले सहयोग गरेको बताइएको छ । कार्यक्रममा फिलिपिन्सका नागरिक तथा त्यहाँ रहेका नेपालीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal