स्याउका रुख सुके

खलङ्गा, २६ चैत : जुम्लाका किसानले लगाएका स्याउका बिरुवा र स्याउ फल्ने रुख सुक्न थालेका छन् । बिरुवा र रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।

सात वर्ष अघि लगाइएका १५० स्याउका बिरुवा सुक्दै गएको तातोपानी गाँउपालिका–७ ताम्तीका मुनबहादुर रावतले बताउनुभयो । स्याउका हाँगाका जोर्नीमा दाग आएर सुक्न थालेका छन् ।

फल लागेपनि पूर्ण हुन नपाउँदै झर्ने गरेको रावतले बताउनुभयो । स्याउका हाँगामा सेतो ढुसि लागेर असर पारेको छ । स्याउका बिरुवामा सानासाना प्वाल देखिने गरेको तिला गाँउपालिका–५ डुग्रिंका दिपक शाहीले बताउनुभयो

प्राङ्गारिक विधिबाट उपचार गर्नुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख डा तपेन्द्र शाहीले बताउनुभयो । “स्याउका बिरुवामा कागज जस्तै मसिनो पत्र निस्कने गरेको छ”, उहाँले भन्नुभयो, “यसको उपचार निलोथुतोको मिश्रणबाट गर्नु पर्छ ।” स्याउका बिरुवामा प्वाल पार्ने किरा सुरुमा डाँठभित्र प्रवेश गर्ने र पछि वयस्क भएर निस्किने डा शाहीले बताउनुभयो । कपासको माध्यमले मट्टितेलले सफा गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो ।

डा शाहीका अनुसार स्याउ बगैंचाको उचित व्यवस्थापनको अभावमा फूल फुलेर झर्ने तथा फल परिपक्क हुनु अगावै झर्ने हुन्छ । आवश्यकताअनुसार सिँचाइ गरेमा बिरुवामा देखिने समस्या न्यूनिकरण गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal