रातो हाब्रे संरक्षण शुरु

रुकुम पूर्व, २९ फागुन : रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ । नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो ।

मानवअधिकार, वातावरण र विकास तथा अनुसन्धान केन्द्र (हुरेडकार्स) नेपालसँगको सहकार्यमा रातो हाब्रे नेटवर्कले रातो सो अभियान शुरु गर्न लागेको हो । जिल्लाका पुथा उत्तरगङ्गा र सिस्ने गाउँपालिकाका विभिन्न जङ्गलमा रातो हाब्रे पाइने गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका– २ को मुखाबा, अप्लैजा, सेङखोला, अर्खाजा, निवाबाङमा रातो हाब्रे पाइने गरेको स्थानीय भरतकुमार पुनले बताउनुभयो ।

यसैगरी सिस्ने गाउँपालिका १ र २ नम्बर वडाको लेकाली क्षेत्रहरु खारा, गुप्ता, सागबारी, डलसिङे, तेलालीचौर, दोबइ लगातका ठाउँमा रातो हाब्रे पाइने स्थानीय हर्कबहादुर बुढाथोकीले बताउनुभयो । जिल्ला समन्वय समिति, सिस्ने र पुथा उत्तरगङ्गा गाउँपालिका, डिविजन वन कार्यालय लगायत जिल्लास्थित सरोकारवाला तथा स्थानीयसँग छलफल पश्चात अनुसन्धानको काम शुरु गरिने बताइएको छ ।

रातो हाब्रे भए÷नभएको अनुसन्धानपछि रातो हाब्रेको खाना निगालो र उसलाई बस्न अनुकुल वातावरण छ कि छैन भनेर पनि अनुसन्धान गरिने नेटवर्क कार्यव्रmम संयोजक सरोज श्रेष्ठले बताउनुभयो । यसवर्ष जिल्लाको तीनवटै स्थानीय तहमा रातो हाब्रे भए÷नभएको सर्भे गरिने बताइएको छ ।

अभियानका लागि यस वर्ष रु १३ लाख ८५ हजार ९३० खर्च गरिने हुरेडकार्सका कार्यकारी निर्देशक प्रचण्ड मल्लले बताउनुभयो । जिल्लामा रातो हाब्रे भएको पुष्टि भएपछि स्थानीय सरकार, समुदाय, विद्यार्थीसँग मिलेर रातो हाब्रे संरक्षणको लागि चेतनामुलक कार्यक्रम गरिने उहाँले बताउनुभयो । रातो हाब्रेको चोरी सिकारी बढ्न थालेपछि रातो हाब्रेको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले अभियान थालिएको मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal