तीन हजार हेक्टरमा कृषि वन

बनियानी, २५ माघ : झापामा तीन हजार हेक्टरमा फलफूल खेती (एग्रो फरेष्ट)का लागि अवधारणा अघि सारिएको छ । झापाको तोपगाछीस्थित रतुवामाई वृक्षरोपण आयोजनाअन्तर्गतको करीब तीन हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्न अवधारणा अघि सारिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

रतुवामाई आयोजनालाई प्रदेश नं १ सरकार मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । “आयोजनाअन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि नयाँ प्रक्रिया शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “आयोजनालाई प्रदेश सरकारमातहत ल्याउनुपर्छ, त्यसका लागि आवश्यक काम भइरहेको छ ।”

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेटसमेत विनियोजन गरेको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । उहाँका अनुसार आयोजनाले वार्षिक रु चार करोड आम्दानी गर्दै आएको र रु एक करोड राजश्व बुझाउँदै आएको छ ।

एग्रो फरेष्टको अवधारणाअनुसार आँप, लिची, कटहर, कागतीलगायतका फलफूलका बिरुवा लगाइने भएको हो । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी वृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताउनुभयो ।

वृक्षरोपण गरेर उत्पादित काठ दाउरा आपूर्ति गर्ने उद्देश्यले विसं २०३३ मा आयोजना स्थापना भएको हो । आयोजनाको कूल क्षेत्रफल दुई हजार ९७२ हेक्टर रहेको छ । ती क्षेत्रमा प्राकृतिक सालसँगै टिक, मसला, कदमलगायत जातका रुख÷बिरुवा लगाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal