कृषकलाई अनुदानमा जैविक मल र दाना

बेझाड, २० मङ्सिर : कृषकलाई व्यावसायिक बनाउन रामपुर नगरपालिका वडा नं ६ पाल्पाले अनुदानमा जैविक मल र दाना वितरण गरेको छ ।

पाँच वर्षभित्रमा कृषि र पर्यटन विकासमा वडालाई विकास गर्ने उद्देश्यले वडाका ३४ कृषकलाई अनुदानमा जैविक मल र दाना वितरण गरेको हो । बुधबार वडाका २४ व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई प्रतिव्यक्ति ५० किलो युरिया, १८ किलो डिएपी र सात किलो पोटास र १० पशुपालक कृषकलाई दाना वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

वडाको एक लाख रकम विनियोजन गरी प्रतिव्यक्ति रु दुई हजार १०० बराबरको जैविक मल र दाना विरतण गरेको उहाँले बताउनुभयो । वडाले कृषि क्षेत्रमा निकै राम्रो कार्यक्रम गरेको कृषक देवराज ढकाल बताउनुुहुन्छ । कम्तीमा एक रोपनीभन्दा माथि व्यावसायिक तरकारी खेती, कम्तीमा पाँच वटा गाई, तीन वटा भैँसीपालक कृषकलाई छनोट गरी अनुदानवापत रासायनिक मल र दाना दिइएको हो ।

अनुदानमा सामग्री पाएपछि यहाँका कृषक खुशी भएका छन् । यस कार्यक्रमले व्यावसायिक कृषिमा कृषकलाई हौसला मिल्ने कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal