यस्तो छ धुम ३ को पहिलो गीत (भिडियो सहित)

काठमाडौं । नायक निर्माता तथा निर्देशक जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र “धूम ३” को एउटा गीत सार्वजनिक गरेका छन् ।

आफुसँगै नायिका एलिना रायमाझी अभिनित तिम्रो हेराईले यो मनलाई सारै एक्साईटेड गरायो बोलको भिडियो भर्खरै साईराम पिक्चर्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

यही आउँदो असोज ५ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र “धूम ३” मा समाबेश उक्त गीतको शब्द दिनेश सुबेदीले लखेका हुन् भने टंक बुढाथोकीले संगीत गरेका छन् । संगीतकार बुढाथोकीको साथमा कामना प्रसाईं समेतको स्वर रहेको गीतको भिडियोमा शिब बि.क.को कोरियोग्राफी रहेको छ ।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्मित यस चलचित्रको छायाँकन क्रममा रहँदा बस्नेत र रायमाझीको बिवाह भएको प्रसंगले सञ्चार माध्यमलाई तताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.