‘वसन्त वृक्ष’ र ‘दोषी सपना’ हाइकु लोकार्पण

काठमाडौँ, २९ भदौ :

माछाको न्याय
मानवअधिकार
जस्ताको तस्तै(‘वसन्त वृक्ष’बाट)

हाइजिनद्वय वासुदेव गुरागाईंको ‘वसन्त वृक्ष’ र गुप्तबहादुर श्रेष्ठको ‘दोषी सपना’ शीर्षक दुई हाइकू कृति लोकार्पण गरिएको छ ।

नेपाल हाइकू केन्द्रद्वारा यहाँ आज आयोजित कार्यक्रममा वरिष्ठ हाइजिन रत्नशम्शेर थापा, केन्द्रका अध्यक्ष रामकुमार पाँडे, नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट, साहित्यकार शैलेन्दुप्रकाश नेपाल र बमबहादुर जितालीले ती दुवै कृतिको संयुक्तरुपमा लोकर्पण गर्नुभयो । दुवै कृतिमा नेपालको संस्कृति, प्रकृति, राजनीति, प्रेम, देशभक्ति र मानवतासँग जोडिएका विषयवस्तु समेटिएको छ ।

कृतिकार गुरागाईंँको दशौँ कृतिका रुपमा रहेको ‘वसन्त वृक्ष’मा वर्णानुक्रम मिलेका एक हजार हाइकू तथा श्रेष्ठको कृति ‘दोषी सपना’मा राष्ट्रिय भावनाले ओतप्रोत दर्जनौँ हाइकू समाविष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.